
काठमाडौं। टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ल्याएको कायापलट योजना समाप्त हुन तीन मात्र बाँकी छ। कम्पनीले ल्याएको उक्त योजनामा सहभागी हुन अब तीन दिन मात्र बाँकी रहेको जनाएको छ।
यस योजनामा बम्परमा ५० लाखको नगद उपहार प्राप्त गन सकिने कम्पनीले जानकारी दिएको छ। यसका लागि यही योजना अवधिभर टीभीएसको कुनै पनि दुईपांग्रे सवारीसाधन किन्नुपर्ने हुन्छ।
यो योजनामार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका कम्पनीले जनाएको छ। नकिन्दै एक लाख, किन्दा १० लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सक्नेछन्।
यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी-३० स्मार्ट फोन र २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।