‘सानिमा ग्रोथ फण्ड’ आजबाट बिक्री खुला, एक करोड २० लाख इकाईसम्म आवेदन दिन मिल्ने



बिजमाण्डू
२०७९ कात्तिक १६ गते ०९:३० | Nov 2, 2022


‘सानिमा ग्रोथ फण्ड’ आजबाट बिक्री खुला, एक करोड २० लाख इकाईसम्म आवेदन दिन मिल्ने


काठमाडौं। सानिमा म्युचुअल फण्ड अन्तर्गतको 'सानिमा ग्रोथ फण्ड' योजनामा आजबाट इकाइ बिक्री खुला भएको छ। 

Tata
Global Ime

म्युचुअल फण्डका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरे कात्तिक ३० गतेसम्म आवेदन मिति लम्बिने बताइएको छ।

योजनाले प्रति इकाइ १० रुपैयाँमा १२ करोड इकाइ बिक्री गर्न लागेको हो। यसको १३ प्रतिशत अर्थात एक करोड ५६ लाख इकाइ कोष प्रवर्द्धक सानिमा बैंकका लागि छुट्याइएको छ। 

कुल २४ लाख इकाई  योजना व्यवस्थापक सानिमा क्यापिटलको हिस्सा हो। बाँकी १० करोड २० लाख इकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ। अधिकतम एक करोड २० लाख इकाईका लागि पनि आवेदन दिन सकिने जनाइएको छ।