इलेक्ट्रिक स्कुटरको डिलर विस्तारमा आक्रामक बन्दै ओकाया, माग्यो १४ स्थानका लागि डिलरसिप



बिजमाण्डू
२०७९ कात्तिक १६ गते ०९:३३ | Nov 2, 2022


काठमाडौं। इलेक्ट्रिक स्कुटरको डिलर विस्तारमा ओकाया आक्रामक बन्दै गएको छ। यस कम्पनीले नेपालभरका विभिन्न १४ स्थानका लागि डिलरसिप आह्वान गरेको छ।

Tata
Global Ime

इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ-नयाँ ब्रान्डका यस्ता साधन आयात हुने क्रम समेत बढिरहेको छ।

ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला इलेक्ट्रिक प्रालि हो। उक्त कम्पनीले जापानी प्रविधिमा आधारित भारतमा उत्पादन हुने ओकाया स्कुटरलाई नेपाली बजारमा बिक्री गर्दै आएको जानकारी कम्पनीले दिएको छ।

कम्पनीले पूर्वमा इटहरीदेखि पश्चिममा महेन्द्रनगरसम्म देशका १४ स्थानमा डिलरसिप आह्वान गरेको छ।

यस्तै लहान, जनकपुर, वीरगंज, चितवन, भैरहवा, नेपालगंज, धनगढी, लमही, बुटवल, पोखरा र हेटौंडामा पनि डिलर बनेर व्यवसाय विस्तार गर्न इच्छुक व्यक्ति वा कम्पनीहरुलाई आह्वान गरिएको छ।

यो कम्पनीसँग एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने स्कुटरहरु उपलब्ध रहेको बताइएको छ।