सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ६ सयमा कारोबार, चाँदी पनि बढ्यो 



बिजमाण्डू
२०७९ कात्तिक १६ गते १०:५० | Nov 2, 2022


सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ६ सयमा कारोबार, चाँदी पनि बढ्यो 


काठमाडौं। सुनको मूल्य थोरै बढेको छ। बुधबार तोलामा ५ सयले बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

मंगलबार तोलामा एक सय रुपैयाँ वृद्धि भएर प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतिऔंस १६५०.४१ डलरमा कारोबार भइरहेको छ।

चाँदी प्रतिऔंस १९.६४ डलर छ। मंगलबार सुन प्रतिऔंस १६३८.३५ डलर र चाँदी प्रतिऔंस १९.४६ डलर थियो।