इष्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बिहान बाँडफाँट हुने, ६ लाख २३ हजार ३८९ कित्ता बाँडिदै



बिजमाण्डू
२०७९ कात्तिक १६ गते १४:०९ | Nov 2, 2022


इष्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बिहान बाँडफाँट हुने, ६ लाख २३ हजार ३८९ कित्ता बाँडिदै


काठमाडौं। इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार नै प्रि-अलटमेन्ट भइसकेकाले बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिने भएको हो। क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आइपीओ बाँडफाँट गरिँदै छ।

Tata
Global Ime

कम्पनीले असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्री खुलाएको थियो। कम्पनीले ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। १३ हजार ४०६ कित्ता सेयर कर्मचारी र बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

सिडिएस एण्ड क्लियरीङका अनुसार हाइड्रोपावरको सेयरमा आवेदन दिने अन्तिम दिनसम्म १३ लाख ९६ हजार ५९० जना आवेदकबाट १ करोड ५७ लाख ४३ हजार बढी कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले निष्काशन गरेको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले सेयरको बाँडफाँट हुनेछ।