
काठमाडौं। कात्तिक लागेलगत्तै वाणिज्य बैंकहरुको निक्षेप घट्न थालेको छ। कात्तिक पहिलो साता सवा ६ अर्ब रुपैयाँ घटेको निक्षेप दोस्रो सातामा पुन: १७ अर्ब रुपैयाँ भन्दा बढी घटेको छ।
कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा सीमित छ। अघिल्लो सातासम्म प्रणालीमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो।
असोज मसान्तयता २३ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप घटेको छ। पछिल्लो एक साताको अन्तरालमा स्वदेशी मुद्राको निक्षेप १६ अर्ब रुपैयाँ घटेको हो।
निक्षेपमा गिरावट आएपनि बैंकहरुको कर्जा प्रवाह भने सामान्य बढेको छ। कात्तिक दोस्रो साता ५६ करोड रुपैयाँ कर्जा परिचालन भएको छ।कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।