एनजिएमले हिरो एक्सपल्स २०० ग्राहकलाई लोमन्थाङ पुर्‍याउँदै, ३० भन्दा बढी राइडर सहभागी



बिजमाण्डू
२०७९ कात्तिक १६ गते १५:३६ | Nov 2, 2022


काठमाडौं। हिरोको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले हिरो एक्सपल्स २०० का ग्राहकहरुलाई लोमन्थाङ लगेको छ।

Tata
Global Ime

कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेका ग्राहकहरुलाई मनमोहक लोमन्थाङ भ्रमण गराउन लागेको जनाएको छ।

उक्त भ्रमण आज बुधबारदेखि काठमाडौंबाट सुरु भएको छ। यसमा करिब ३० जनाभन्दा बढी एक्सपल्स २०० चढ्ने ग्राहकहरु सहभागी भएको कम्पनीले जनाएको छ। सो यात्रा काठमाडौं-पोखरा-लेटे-जोमसोम-मुक्तिनाथ-लोमन्थाङ हुदै करिब ९०० किलोमिटरको हुनेछ।

नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले टेकुमा रहेको हिरोको शोरुममा फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका हुन्। सो अवसरमा उनले यात्रामा सरिक सबैलाई अनुशाशित र सतर्कताका साथ बाइक चलाउन अनुरोध गरेका छन्।