लन्डनमा १९५० तिर चलेका क्लासिक डबल डेकर बस २२ वर्षपछि इलेक्ट्रिकमा आउँदै



बिजमाण्डू
२०७९ कात्तिक १६ गते १५:४३ | Nov 2, 2022


लन्डनमा १९५० तिर चलेका क्लासिक डबल डेकर बस २२ वर्षपछि इलेक्ट्रिकमा आउँदै


काठमाडौं। लन्डनमा सन् १९५० तिर चल्ने क्लासिक डबल डेकर बस अब इलेक्ट्रिकमा निर्माण गरिने भएको छ। नयाँ रूटमास्टरका रुपमा उक्त बसहरुलाई इभीमा निर्माण गरिने भएको छ। 

Tata
Global Ime

बसलाई यो पटक एक इलेक्ट्रिक पावरट्रेनसँग निर्माण गरेर संचालनमा ल्याउने तयारी गरिएको हो। उत्पादन कम्पनी इक्वपमेकले यसअघि नै ब्याट्री-इलेक्ट्रिक पावरमा चल्नको लागि रूपान्तरित धेरै 'रिपावर्ड' बसहरू देखाइसकेको छ। भर्खरै कम्पनीले बर्मिंघममा यूरो बस एक्सपो शोमा त्यस्ता बसहरु नयाँ रूटमास्टरका रुपमा प्रदर्शन गरेको थियो।

बसमा सुरुमा जडान गरिएको हाइब्रिड डिजेल-इलेक्ट्रिक पावरट्रेन हटाइएको छ। जसको सट्टा इक्विपमेकले आफ्नै ब्याट्री इलेक्ट्रिक युनिट स्थापना गरेको छ। यसमा फर्मको एचटीएम ३५०० इलेक्ट्रिक मोटर रहेको छ। जसले ४०० किलोवाट पावर र २५८१ एलबी फिट टर्क प्रदान गर्छ।

साथै यसमा ४०० केडब्ल्यूएच ब्याट्री उपलब्ध छ। यसले फुल चार्जमा २४१ किलोमिटरको दूरी पार गर्न सक्ने बताइएको छ।

यस्तै लन्डनको ट्रान्सपोर्टले परीक्षण डेटा संकलन गर्न अर्को ६ महिनासम्म मूल्यांकन गरिनेछ। बस मेट्रोलाइनको होलोवे डिपोमा आधारित हुनेछ, जहाँ जेनोबले चार्ज गर्ने पूर्वाधार र ब्याट्री डेटा एनालिटिक्स उत्पादन गरेको छ।