ग्लोबल आइएमई बैंकले पोखरा महानगरमा एकैसाथ खोल्यो २ नयाँ शाखा, २९२ पुग्यो शाखा सञ्जाल



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १०:१७ | Nov 3, 2022


ग्लोबल आइएमई बैंकले पोखरा महानगरमा एकैसाथ खोल्यो २ नयाँ शाखा, २९२ पुग्यो शाखा सञ्जाल



काठमाडौं। ग्लोबल आइएमई बैंकले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ।

Tata
Global Ime

बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७ बिरौटा र वडा नं. २४ पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको छ।

बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। 

बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ।