आजबाट जारी सेयरमा वैदेशिक रोजगारीमा गएकालाई १०% आरक्षण, रेमिटेन्स खाताबाट पैसा भुक्तानी



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १५:५७ | Nov 3, 2022


काठमाडौं। नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ।

Tata
Global Ime

बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गर्दै बजेटमा भएको कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। 

नयाँ व्यवस्था अनुसार संगठित संस्थाले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत  श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगारी गरीरहेका नेपालीहरुका लागि छुट्याउने पर्ने छ।

सेयर निष्कासन गर्दा बिक्री प्रबन्धकले सर्वसाधरणका लागि निष्कासन गर्नु १५ दिनअघि नै अवधि तोकेर आह्वान पत्र प्रकाशित गर्नु पर्ने हुन्छ।

लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नु पर्ने छ।