एफवान सफ्टले सुरु गर्‍यो युज मोबाइल बैंकिङ डटकम, मोबाइल बैंकिङ प्रयोगमा सहयोगी हुने



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १६:३३ | Nov 3, 2022


एफवान सफ्टले सुरु गर्‍यो युज मोबाइल बैंकिङ डटकम, मोबाइल बैंकिङ प्रयोगमा सहयोगी हुने



काठमाडौं। एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ डटकमको सुरुवात गरेको छ। यो वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्नेछ। 

Tata
Global Ime

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामग्री) छन् र तिनीहरुको प्रयोगको बारेमा जान्न चाहने कुनै पनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामग्री) हेर्न सक्ने कम्पनीले जनाएको छ।

वेबसाइटमा मोबाइल बैंकिङ सम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डेटाका साथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने बताइएको छ। 

युज मोबाइल डटकम एफवान सफ्ट इन्टरनेशनलद्धारा मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्न प्रयोग हो, जुन सहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा विस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको कम्पनीले जनाएको छ। 

‘मोबाइल बैंकिङको ठूलो सम्भावना छ। हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन चाहन्छौ। मोबाइल बैंकिङको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाइल बैंकिङ डट कमले मोबाइल बैंकिङ प्रयोग गर्न सहज बनाउन मद्दत गर्छ,’ एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने।

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो। १८ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ। कम्पनीले हाल एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। कम्पनीले ५० भन्दा बढी वित्तीय संस्थाहरुको बैंकिङ र वित्तीय संस्थाहरुको बैंकिङ अनुप्रयोगहरु निर्माण गरेको जनाएको छ।