अरुण काबेली पावरको सेयर मूल्य समायोजन, आइतबारदेखि ३६२.७३ रुपैयाँमा कारोबार हुने



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १६:४० | Nov 3, 2022


अरुण काबेली पावरको सेयर मूल्य समायोजन, आइतबारदेखि ३६२.७३ रुपैयाँमा कारोबार हुने


Tata
Global Ime

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अरुण काबेली पावरको सेयर मूल्य समायोजन गरेको छ। कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरेको हो।

मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य ३६२.७३ रुपैयाँ पुगेको छ। नेप्सेले बिहीबारको अन्तिम सेयर मूल्यलाई समायोजन गरेको हो। ३९९ रुपैयाँ प्रति कित्तामा सेयरको अन्तिम किनबेच भएको थियो।

समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ। 

बिहीबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। अरुण काबेलीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। जसका लागि कम्पनीले शुक्रबार बुक क्लोज गर्दैछ।