पुँजी बजार ६ वर्ष यताकै कमजोर, सेयर संख्या र चुक्ता पुँजी दुवै बढ्दा पनि पुँजीकरण ५१% मात्रै



२०७९ कात्तिक १८ गते १२:३३ | Nov 4, 2022


पुँजी बजार ६ वर्ष यताकै कमजोर, सेयर संख्या र चुक्ता पुँजी दुवै बढ्दा पनि पुँजीकरण ५१% मात्रै


काठमाडौं। अस्वाभाविक वृद्धिपछि सेलाएको सेयर बजार ६ वर्ष यताकै कमजोर बनेको छ। थपिएको सेयर संख्या र सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी दुवै २०० प्रतिशतभन्दा धेरै बढ्दा पनि बजारको कुल पुँजीकरणमा वृद्धि ५१ प्रतिशतको मात्र छ।

Tata
Global Ime

आर्थिक वर्ष २०७२/७३ को अन्त्यमा नेपाल स्टक एक्सचेन्जमा कुल २ अर्ब १० करोड कित्ता सेयर सूचीकृत थियो। त्यस यताको ६ आर्थिक वर्षमा ४ अर्ब ६७ करोड कित्ता सेयर सूचीकृत भएका छन्। भित्रिने कम्पनीको संख्या उल्लेख्य रूपमा बढेको नदेखिए पनि सूचीकृत सेयर संख्या २२२ प्रतिशत बढेर आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म ६ अर्ब ७७ करोड पुगेको हो।

विशेषगरी राष्ट्र बैंकले अपनाएको मर्जर र एक्विजिसनको अवधारणाले अन्य वर्गका कम्पनी क्रमशः बढ्दै गए पनि बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा ह्रास आएको छ। यस्तै, उल्लेख्य संख्यामा रहेका वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनी भने ह्वात्तै घटेका छन्। प्रत्यक्ष नियामकीय निरीक्षण फितलो हुनु र कमजोर व्यस्थापनका कारण १५५ भन्दा बढी कम्पनी डी-लिस्टिङ पनि भइसकेका छन्।

आर्थिक वर्ष

(रु. करोडमा)

कुल सूचीकृत कम्पनी

नेप्से

 मार्केट क्याप

 सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी 

कुल सेयर कित्ता

२०७२/७३

230

1718.2

              189,013

                                                               20,402

210

२०७३/७४

208

1582.7

              185,683

                                                               28,959

296

२०७४/७५

196

1212.4

              143,514

                                                               35,209

359

२०७५/७६

215

1259

              156,750

                                                               41,228

420

२०७६/७७

212

1362.4

              179,276

                                                               47,339

482

२०७७/७८

219

2883.4

              401,096

                                                               57,324

583

२०७८/७९

234

2009.5

              286,934

                                                               67,775

677

फरक

4

291.3

97921

47373

467

फरक %मा

                                     1.74

   16.95

                   51.81

                                                               232.20

                     222.38

यसका बाबजुद सूचीकृत कम्पनीहरुको चुक्ता पुँजीले भने फराकिलो फड्को मारेको छ। आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म २ खर्ब ४ अर्ब रुपैयाँमा सीमित सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी गत आवमा ६ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। २३२ प्रतिशतले चुक्ता पुँजी उक्लिएको हो।

सूचीकृत सेयरको संख्या र चुक्ता पुँजी दुवैले एक्सचेन्जको कारोबार मापकलाई बढाउन मद्दत गरे तापनि यसको प्रभाव कुल बजार पुँजीकरणमा भने देखिँदैन। पछिल्लो ६ वर्षयता आक्रामक बजारमा सूचीकृत कम्पनी, विद्यमान कम्पनीहरुको बढ्दो पकड र लगानीकर्ताको उत्साहजनक सहभागितालाई बजार पुँजीकरणको आकारले सम्बोधन गर्दैन।

यसबीच १४७ वटा कम्पनी प्राथमिक बजारबाट एक्सचेन्जमा सूचीकृत समेत भइसकेका छन्। ७३ अर्ब ३४ करोड रुपैयाँ रकम बराबरको आइपीओ सेयर बजारमा भित्रिएको छ। तर बजार पुँजीकरण गत आर्थिक वर्षको अन्त्यसम्म २८ खर्ब ६९ करोड रुपैयाँ मात्र छ। ६ वर्षको अन्तरालमा ९ खर्ब ७९ अर्ब रुपैयाँ मात्र बजार पुँजीकरण बढेको छ। 

आर्थिक वर्ष

स्वीकृत आइपीओ

आइपीओ रकम करोडमा

२०७२/७३

17

        1,932

२०७३/७४

21

           950

२०७४/७५

22

        1,082

२०७५/७६

28

           734

२०७६/७७

9

           399

२०७७/७८

22

        1,517

२०७८/७९

28

           720

कुल

147

        7,334

हालको पुँजीकरणसँग तुलना गर्दा फरक झन् सानो हुन्छ। यसले बजारको प्रवृत्तिमा नै गम्भीर प्रश्न उठेको बजारका सक्रिय लगानीकर्ताहरुको विश्लेषण छ। उल्लेख्य संख्यामा कम्पनीहरु थपिए पनि प्रक्षेपित मूल्य सेयर पाउन भने नसकेको देखिन्छ। सेयर अवमूल्यन हुँदा समग्र बजारको डिमाण्डमा नै ह्रास आएको हो कि भन्ने अनुभवीहरु बताउँछन्।

बजार पुँजीकरणमा यसरी ह्रास आउनु मन्दीको सोझो संकेतका रुपमा उनीहरुले बुझ्न थालेका हुन्। कर्पोरेट एसेटको मेजरमेन्ट सस्तिँदा अर्थतन्त्रको सन्तुलनमा प्रश्न उठाउने उनीहरु बताउँछन्।      

वास्तविकताभन्दा धेरै टाढा पुगेको सेयर बजारबाट निरन्तर लगानी मेटिँदा लगानीको मानसिकता डगमगाएको जानकरहरुको टिप्पणी छ। साथै तरलताको चापले पनि बजारमा लगानी भित्रिनबाट बन्चित गराएको र प्रतिफलको विकल्प खोज्दा सेयर बजारबाट पैसा पलायन हुन थालेको उनीहरुको धारणा हो। 

‘कर्जाको लिभरेज नपाउँदा बजार बचतको पैसाले मात्रै बढ्ने होइन। लगानीको ग्राफ निरन्तर घट्दो छ,’ एक बजार विश्लेषकले भने, ‘मुलुकको बाह्य लगानीको अवस्थामा खासै सुधार छैन। यसले सूचीकृत कम्पनीहरुको व्यवसाय समेत प्रभावित भएको छ। कम्पनीले व्यापार गरेर प्रतिफल बाढ्न अक्षम देखिने प्रक्षेपणमा कसरी सेयर बजारमा लगानी हाल्ने ? लगानी पलायन हुनु सामान्य हो।’

बैंकको ब्याजदरले तत्काल सेयर बजारभन्दा बढी प्रतिफल दिएको छ। व्यापक प्रतिफल दिने सेयर बजार र सँगै घरजग्गाको कारोबार पनि सुस्ताएपछि विकल्प बैंकको ब्याजदरमा सीमित भइसकेको उनले बताए। बढेको मुद्रास्फीतिलाई पनि मध्यनजर गर्दा वार्षिक रुपमा घटीमा पनि ९ प्रतिशतभन्दा बढीले लगानी बढाउनै पर्ने चुनौती छ। जुन सेयर बजारबाट तत्काल सम्भव नहुने उनको भनाइ हो।