एभरेष्ट बैंकको लाभांश शतप्रतिशत बढ्यो, पाँच वर्ष यताकै सर्वाधिक बोनससहित २१% लाभांश घोषणा



२०७९ कात्तिक २० गते ११:०९ | Nov 6, 2022


एभरेष्ट बैंकको लाभांश शतप्रतिशत बढ्यो, पाँच वर्ष यताकै सर्वाधिक बोनससहित २१% लाभांश घोषणा


काठमाडौं। एभरेष्ट बैंकले तीन वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Tata
Global Ime

अघिल्ला दुई आर्थिक वर्षको तुलनामा बैंकको लाभांश शतप्रतिशत बढेको हो। पोहोर पनि बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो। बाँकी ७.३८ प्रतिशत नगद दिँदैछ। हाल कायम चुक्ता पुँजीमा बैंकले लाभांश प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ। यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि बैंकका सेयरधनीले पाउनेछन्।