सुनचाँदीको मूल्य थोरै घट्यो, सुन तोलामा २ सय र चाँदी १० रुपैयाँले घट्दा कतिमा हुँदैछ कारोबार?



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १०:४८ | Nov 7, 2022


सुनचाँदीको मूल्य थोरै घट्यो, सुन तोलामा २ सय र चाँदी १० रुपैयाँले घट्दा कतिमा हुँदैछ कारोबार?


काठमाडौं । सुनको मूल्य सोमबार केही घटेको छ। आइतबार तोलामा १४ सय रुपैयाँले बढेको सुन सोमबार २ सय रुपैयाँले घटेको छ।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

आइतबार सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय ६५ रुपैयाँ कायम छ। आइतबार चाँदी तोलामा ५० रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला एक हजार २ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतिऔंस १६७२.७२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.६० डलर छ।

आइतबार सुन प्रतिऔंस १६८१.३ डलर र चाँदी प्रतिऔंस २०.८५ डलर थियो।