अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा मंसिर ९ गते हुने, बुक क्लोज कहिले ?



बिजमाण्डू
२०७९ कात्तिक २१ गते ११:४० | Nov 7, 2022


अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा मंसिर ९ गते हुने, बुक क्लोज कहिले ?


Tata
Global Ime

काठमाडौं । अजोड इन्स्योरेन्सले विशेष साधारणसभा डाकेको छ। कम्पनी संचालक समितिको आइतबार भएको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो। 

साधारणसभा आगामी मंसिर ९ गते लैनचौर बैङ्क्वेट काठमाडौंमा हुनेछ। साधारणसभाले मर्जर अध्ययन कमिटी गठन गर्ने बारेको निर्णय अनुमोदन गर्ने छ।

नियामक निकायले निर्देशन गरे अनुसार विवरणहरु उपलब्ध गराउने लगायत कम्पनी गाभ्न र गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साधारणसभामा लगिने बताइएको छ।

कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा छ। संस्थापक समूहको १९ प्रतिशत सेयर साधारणमा परिवर्तन गरी कम्पनीको सेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपातमा कायम गर्ने विशेष प्रस्ताव पनि छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले  मंसिर २ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।