काठमाडौं। केयर रेटिङ्स नेपाल लिमिटेडले छैटौं वार्षिक साधारणसभाको मिति तय गरेको छ।
कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले आगामी मंसिर १५ गते साधारणसभाको मिति घोषणा गरेको हो।
साधारणसभा केयर रेटिङ्स नेपालको पुतलीसडकस्थित कार्यालयमा हुने बताइएको छ।
साधारण सभामा संचालक समितिले प्रस्ताव गरे अनुसार २१.०५ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गर्ने जनाएको छ। पछिल्लो चार वर्षयता कम्पनीले एकनासको नगद लाभांश वितरण गर्दै आइरहेको छ।


