एप्पलका लागि आइफोन बनाउने फक्सकनले पनि इलेक्ट्रिक कार बनाउँदै, लार्डस्टाउनको सेयर किन्यो



बिजमाण्डू
२०७९ कात्तिक २३ गते ०९:१२ | Nov 9, 2022


काठमाडौं। एप्पलका लागि आईफोन बनाउने फक्सकनले पनि इलेक्ट्रिक कार निर्माणमा लगानी गर्ने भएको छ। कम्पनीले टेस्लाको साइबर ट्रकलाई चुनौती दिन सक्ने अमेरिकी इलेक्ट्रिक पिक-अप ट्रक कम्पनी लर्डस्टाउनमा आफ्नो लगानी गरेको जनाएको छ।

Tata
Global Ime

फक्सकनले घाटामा चलिरहेको स्टार्ट-अप लर्डस्टाउन मोटर्सको सेयरमा १७ करोड डलर खर्च गरिरहेको छ। यसबाट कम्पनीले आफ्नो डेब्यू मोडेल 'इन्डुरेन्स' को उत्पादन बढाउने लक्ष्य राखेको छ।

लर्डस्टाउनले भर्खरै अमेरिकी राज्य ओहायोको पूर्व जनरल मोटर्स प्लान्टमा गाडी निर्माण गर्न थालेको छ। सम्झौता अन्तर्गत फक्सकनले लर्डस्टाउनको १८ प्रतिशत भन्दा बढी हिस्सेदारी खरिद गरेको छ। यसलाई कम्पनीमा सबैभन्दा ठूलो लगानीकर्ता बनाइएको छ।

दुवै कम्पनीले यो योजनाको थप विवरण नदिए पनि उनीहरूले मिलेर विद्युतीय सवारीसाधन निर्माण गर्ने बताए।

विश्वको सबैभन्दा ठूलो बिजुली कार निर्माता टेस्ला जुन अर्बपति एलोन मस्कको स्वामित्वमा छ। यस महिनाको सुरुमा रोयटर्स समाचार एजेन्सीले २०२३ को अन्त्यमा आफ्नो साइबरट्रकको ठूलो उत्पादन सुरु गर्ने योजना बनाएको रिपोर्ट गरेपछि लगतै यो सम्झौता भएको हो।

यस साझेदारीको घोषणापछि न्यूयोर्कमा विस्तारित व्यापारमा लर्डस्टाउनको शेयर लगभग १८ प्रतिशतले बढ्यो। गत हप्ता मात्रै फक्सकनले साउदी अरबको वेल्थ कोषसँग राज्यमा विद्युतीय सवारी साधन उत्पादन गर्न सम्झौता गरेको थियो।

यो ज्वाइन्ट भेन्चर ब्रान्ड सियर अन्तर्गत सञ्चालन हुनेछ। सियरले जर्मनीको बिएमडब्ल्यु बाट टेक्नोलोजी लाइसेन्स प्रदान गर्ने र २०१५ बाट आफ्नो इलेक्ट्रिक सवारीहरू बिक्री सुरु गर्ने लक्ष्य राखेको छ।

यो सम्झौता आफ्नो अर्थतन्त्रलाई जीवाश्म इन्धनमा निर्भरताबाट टाढा लैजाने साउदी अरेबियाको योजनाको एउटा हिस्सा हो।