भोल्भोले सार्वजनिक गर्‍यो इएक्स-९० फ्ल्यागशिप मोडलको नयाँ विद्युतीय एसयुभी



बिजमाण्डू
२०७९ कात्तिक २४ गते १८:०३ | Nov 10, 2022


काठमाडौं। स्वीडेनको एक प्रमुख कार निर्मता भोल्भोले 'ईएक्स-९०' फ्ल्यागशिप मोडलको नयाँ विद्युतीय एसयुभी सार्वजनिक गरेको छ। यसमा ७ वटा सिटहरु उपलब्ध छन्।

Tata
Global Ime

यसलाई ठूला बीएमडब्ल्यु आईएक्स र टेस्ला मोडल एक्ससँग प्रतिद्वन्द्वी गर्ने इभी एसयुभी मानिएको छ। यसको मूल्य ९६ हजार २५५ डलर तोकिएको छ। यसको बिक्री २०२४ मा बेलायत बाट सुरु गर्ने कम्पनीले जनाएको छ। यो कम्पनीको तेस्रो इलेक्ट्रिक कार हो। कम्पनीले एक्ससी-४० र सी-४० मोडल बजारमा सार्वजनिक गरिसकेको छ।

तर ईएक्स-९० डेडिकेटेड इभीत प्लेटफर्ममा निर्मित पहिलो मोडेल हो। गाडीमा अल्ट्रा र सिंगल ट्वीन-मोटर, अल-ह्वील-ड्राइभ पावरट्रेन जुन दुई आउटपुटहरूमा प्रस्ताव गरिनेछ। ट्विन मोटर मोडेलहरूमा ३०० किलोवाट पावरको ५६८ एलबी टर्क प्रदान गर्नेछ। यस्तै, हायर-लेबल ट्विन मोटरले ३८० किलोवाट पावरको ६७१ एलबी टर्क प्रदान गर्छ।

यसमा १११ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। जसले एक पटकको फुल चार्जमा ५८५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ। उपयुक्त फास्ट चार्जरमा २५० किलोवाटसम्मको गतिमा चार्ज गर्न सकिन्छ। जसले ३० मिनेटमा १०-८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

गाडी ५०३७ एमएम लामो छ। अरु मोडलभन्दा फराकिलो पनि छ। यसको डिकी अर्थात बुट ३१० लिटर क्षमताको छ। साथै पछाडिको सिट तल फोल्ड गर्दा ६६५ लिटरसम्मको समान राख्न सकिन्छ। सबै प्यासेन्जर सिट पनि फोल्ड गर्न सकिन्छ।

यसमा २२ इन्चको एलोय ह्वीलहरू छन भने एयर सस्पेन्सनलाई स्ट्यान्डर्ड गरिएको छ। यसका साथै यसमा पिक्सेल एलईडी हेडलाइटहरू र सफ्ट-क्लोज डोरहरू पनि छन्।

यसमा नयाँ फिचर लिडार प्रयोग गरिएको छ। यो प्रभावकारी रूपमा लङ- रेन्ज लेजर स्क्यानर हो। जसले केही सय मिटरको दूरीमा पनि साना वस्तुहरू पत्ता लगाउन सक्छ। यसले भोल्भोको सुरक्षा प्रणालीहरू जस्तै असिस्टेड ड्राइभिङ पायलट असिस्ट प्रणालीलाई शक्ति दिन्छ। जस्तै लेनहरू परिवर्तन गर्दा स्टेयरिङ असिस्ट गर्नेछ।

भोल्भोको नयाँ प्रणालीले डिजिटल इन्फो डिस्प्ले र इन्फोटेनमेन्टलाई पनि शक्ति दिन्छ। जुन १४.५ इन्चको ठाडो-माउन्ट गरिएको टचस्क्रिनमा डिस्प्ले हुन्छ। जुन ड्यासबोर्डको केन्द्रमा छ। यस प्रणाली फाइफ जी जडानको लागि सेट गरिएको छ। भोल्भोको गुगल-आधारित इन्फोटेनमेन्ट प्रणाली प्रयोग गर्दछ। यसमा इन्फोटेनमेन्टमा गेमहरू खेल्न सकिन्छ।

यसैबीच यसमा २५ वटा स्पीकरहरू छन्। साथै सिटको हेडरेस्टहरूमा समेत स्पिकरहरू जडान गरिएका छन्। यसमा बोवर्स र विल्किन्स अडियो प्रणाली जसले डल्बी एटमस, प्यानोरामिक ग्लासको छत र एयर- प्युरीफिकेसन प्रणालीको साथ फोर- जोन क्लाइमेट कन्ट्रोल प्रदान गर्दछ।