पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, ५१ लाख ५७ हजार कित्ताका लागि आवेदन लिन सुरु



बिजमाण्डू
२०७९ कात्तिक २५ गते १०:५५ | Nov 11, 2022


पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, ५१ लाख ५७ हजार कित्ताका लागि आवेदन लिन सुरु


काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणमा आइपीओ जारी गरेको छ।

Tata
Global Ime

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वपसाधारणमा प्राथमिक सेयर बिक्री खुलाएको हो।

कम्पनीले ५६ लाख ६ हजार ३८० कित्ता साधारण सेयर जारी गरेको हो। यो आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी ८ लाख ८ हजार ३९० कित्ता सहितको हो।

जसमा कुल निष्कासनको ३ प्रतिशत हुने १ लाख ६८ हजार १९० कित्ता कर्मचारी र ५ प्रतिशत हुने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

त्यसपछि बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयर खरिदका लागि लगानीकर्ताले आजबाट कात्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार २९ गतेसम्म पर्याप्त आवेदन नपरे बिक्री अवधि मंसिर ९ गतेसम्मका लागि लम्ब्याइने छ। सेयर अंकित मूल्य प्रति कित्ताम १०० का दरमा बिक्री गर्न लागिएको हो।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गरी बाँटफाँट गरेपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड पुग्ने छ।