सुन तोलामा १३ सय रुपैयाँ बढ्यो, शुक्रवार प्रतितोला ९६ हजार ७ सय, चाँदीमा पनि बढोत्तरी



बिजमाण्डू
२०७९ कात्तिक २५ गते ११:१७ | Nov 11, 2022


सुन तोलामा १३ सय रुपैयाँ बढ्यो, शुक्रवार प्रतितोला ९६ हजार ७ सय, चाँदीमा पनि बढोत्तरी


काठमाडौं। यो साता सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको छ। साताको अन्तिम दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ।

Tata
Global Ime

अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य बलियो भएसँगै अघिल्लो दिन बिहीबारका तुलनामा सुन तोलामा १३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन गत आइतबार प्रतितोला ९४ हजार ५ सय थियो। 

चाँदीको मूल्य १० रुपैयाँ बढ्दा शुक्रबार प्रतितोला कारोबार मूल्य १२ सय ९५ रुपैयाँ भएको छ। बिहीबार १० रुपैयाँ घट्दा १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढ्न थालेको छ। बिहीबार प्रतिऔंस १७०९ ५३ रुपैयाँ रहेको सुन शुक्रवार १७५३ ७५ डलर भएको छ।

चाँदीको कारोबार मूल्य पनि बलियो भएको छ। बिहीबार प्रतिऔंस २१.१८ डलर रहेको चाँदी बढेर २१.७१ डलरमा कारोबार भइरहेको छ।