तीन महिनामा १० कम्पनी पब्लिकमा रुपान्तरण, नयाँ दर्ता ६९८३ मध्ये पब्लिक कम्पनी कति?



२०७९ कात्तिक २५ गते १२:४० | Nov 11, 2022


तीन महिनामा १० कम्पनी पब्लिकमा रुपान्तरण, नयाँ दर्ता ६९८३ मध्ये पब्लिक कम्पनी कति?


काठमाडौं। पछिल्लो समय प्राइभेट कम्पनीबाट पब्लिकमा जाने लहर चलेको छ। तत्काल पुँजी वृद्धि गर्ने वा भावी दिनमा सेयर  बजारमा प्रवेश गर्ने उद्देश्यले प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण भएका हुन्।

Tata
Global Ime

कम्पनी रजिष्ट्रारका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा १० प्राइभेट कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएका छन्।

पब्लिक कम्पनीमा रुपान्तरण हुनेमा एपोलो हाइड्रोपावर, एभरेष्ट ग्यास उद्योग, जगदम्बा स्टील, जय अम्बे स्टील, मदामी खोला हाइड्रोपावर, म्युजिक नेपाल, अनलाइन सेक्युरिटिज, सोलु हाइड्रोपावर, अपर हेवा हाइड्रोपावर र अपर लोहोरेखोला हाइड्रोपावर छन्।

चालु वर्षको असोजसम्म दर्ता भएका नयाँ पब्लिक कम्पनी

न.

कम्पनीको नाम

रमेश सेरामिक्स

नेपाल नेक्स्ट 

बुढीगण्डकी जलविद्युत 

हरिसिद्धि मल्टिपल डेभलपमेन्ट कम्पनी 

बेयुल इनर्जी नेपाल

नेपाल खाद्य बैंक 

केसीएल  इन्जियनियरिङ

चिलिमे सेती जलविद्युत कम्पनी

मुक्तिनाथ ट्रेडिङ

१०

मुक्तिनाथ फर्टिलाइजर बैंक

११

मुक्तिनाथ नर्सरी बैंक 

१२

मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी

१३

मुक्तिनाथ हर्बल बैंक

१४

मुक्तिनाथ फुड बैंक

१५

मुक्तिनाथ सिड बैंक

१६

मुक्तिनाथ लाइभ स्टक बैंक

१७

काका ग्रुप इन्डस्ट्रिज

१८

इमर्जिङ भेन्चर

१९

एसकेवाई होल्डिङ बिजनेस ग्रुप

२०

गोल्याण पावर

२१

गोल्याण  रियल्टी

२२

ए एण्ड बी इन्भेष्टमेन्ट कम्पनी 

२३

पीक फिप्टिन इनर्जी कम्पनी

२४

वेगा इन्डस्ट्रिज

२५

भोले गणेश सेक्युरिटीज

२६

प्रभु उर्जा कृषि पर्यटन विकास

२७

इन्डेक्स सेक्युरिटीज

२८

हिमालयन ब्रोक्रेज कम्पनी 

२९

एडभेन्चर इन्भेष्टमेन्ट ग्रुप

३०

प्रोपटी विजार्ड 

३१

एलिट स्टक हाउस 

३२

आरबीबी सेक्युरिटीज

३३

इन्फिनिटी सेक्युरिटीज

३४

स्टक कार्टस सेक्युरिटीज

३५

आकाश भैरब सेक्युरिटीज

३६

मिल्की वे सेक्युरिटीज

३७

ब्लू चिप सेक्युरिटीज

३८

गरिमा सेक्युरिटीज

३९

रोड शो सेक्युरिटीज

४०

सजिलो ब्रोकर

यी कम्पनीहरुमध्ये अपर लोहोरे खोलाले धितोपत्र बजारमा प्राथमिक निष्कासन गर्न भइसकेको छ। कम्पनीले गत असोज १३ गते आइपीओ जारीका लागि बोर्डमा आवेदन दिएको हो।

बोर्डले स्वीकृति दिएपछि कम्पनीले २ अर्ब ४९ करोडको ४० हजारको २४ लाख ९८ हजार ४० कित्ता सेयर जारी गर्ने छ।

यस्तै चालु वर्ष नै प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको म्युजिक नेपालले पनि प्राथमिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ। सांगीतिक क्षेत्रको यस कम्पनीले सर्वसाधरणमा आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक प्रबन्धकमा गत साउनमा नै एनआइसी एसिया क्यापिटललाइ नियुक्त गरिसकेको छ।

यस्तै कम्पनी रजिष्ट्रारका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ६ हजार ९ सय ८३ वटा नयाँ प्राइभेट कम्पनी दर्ता भएका छन्। ४० वटा पब्लिक कम्पनी खुलेका छन्।

चालु आर्थिक वर्ष असोजसम्म पब्लिकमा रुपान्तरण भएका कम्पनी 

sn.

कम्पनी

कार्य क्षेत्र

पुँजी

1

अपोलो हाइड्रोपावर

विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु।

300000000

2

एभरेष्ट ग्यास उद्योग

ग्यासका उत्पादन तथा वितरण जस्तै घर , उद्योग र अन्य प्रयागकर्तालाइ ग्यांस वितरण गर्ने कार्यहरु।

150000000

3

जगदम्बा स्टिल प्रालि

 

3110000000

4

जय अम्बे स्टिल

फलाम वा स्टीलका रड, ड्रम, पाता, तार, प्लेट आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु।

2000000000

5

मदामे खोला हाइड्रोपावर

विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु।

960000000

6

म्युजिक नेपाल

नाट्यकला , संगित, चित्रकारी , मूर्तिकार , लेखक आदि सम्बन्धी कृयाकलपहरु।

50000000

7

अनलाइन सेक्युरिटीज

बैँकर्स क्लव, दलाली संघ , आर्थिक सल्लाहकार संघ आदि सम्बन्धी कृयाकलापहरु।

150000000

8

सोलु हाइड्रोपावर

विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु।

6250000000

9

सुपर हेवा पावर कम्पनी

विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु।

700000000

10

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी

विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु।

600000000