उपकार ब्राण्डमा खाद्यान्न बेच्ने नटराज एग्रोको व्यापार ४७% उकालो, १.८४ अर्ब गर्‍यो कारोबार



बिजमाण्डू
२०७९ कात्तिक २७ गते १५:२४ | Nov 13, 2022


उपकार ब्राण्डमा खाद्यान्न बेच्ने नटराज एग्रोको व्यापार ४७% उकालो, १.८४ अर्ब गर्‍यो कारोबार



काठमाडौं। उपकार ब्राण्डमा चामल तथा अन्य खाद्यान्न बिक्री गर्ने नटराज एग्रो प्रालिले एकैवर्ष १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। 

Tata
Global Ime

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले २०२१/२२ मा कारोबार बढाएको छ। २०२०/२१ मा कम्पनीले १ अर्ब २५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। 

चामलका साथै कम्पनीले दाल, गेडागुडी, पिठो, चिया तथा कृषि औजार टिलर्स, पानी पम्प, स्प्रे पम्पको बिक्री गर्छ। 

कुल बिक्रीको ७० प्रतिशत कम्पनीले खाद्यान्न बिक्रीबाट कमाउँछ। आन्तरिक उत्पादनबाट खाद्यान्नको माग धान्न नसक्ने भएकाले कम्पनीले करिब ५० प्रतिशत आयात गर्ने रेटिङ विवरणमा उल्लेख छ। 

कम्पनीमा शिखर समूहको स्वामित्व छ। कम्पनीले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ दीर्घकालीन बैंकिङ कर्जाका लागि एनपी डबल बी रेटिङ पाएको छ।