नबिल बैंकले टाटाका विद्युतीय कार किन्न ८० प्रतिशतसम्म ऋण दिने, २४ घन्टामा ऋण पास हुने



बिजमाण्डू
२०७९ कात्तिक २७ गते १६:५४ | Nov 13, 2022


नबिल बैंकले टाटाका विद्युतीय कार किन्न ८० प्रतिशतसम्म ऋण दिने, २४ घन्टामा ऋण पास हुने


काठमाडौं। टाटाको नेपालमा उपलब्ध विभिन्न विद्युतीय कार किन्नका लागि नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ।

Tata
Global Ime

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कम्पनीका अनुसार उक्त सम्झौतामा टाटाको नेक्सन र टिगोर इभी खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।

टाटाको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख गरिएको छ।

यसैगरी उक्त गाडी किन्नका लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ।