काठमाडौं। याडियाले इलेक्ट्रिक मोटरसाइकल पनि ल्याउने भएको छ। इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी याडियाले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रिक बाइक प्रर्दशन गरेको हो।
कम्पनीले हालसम्म यसको इलेक्ट्रिक स्कुटर मात्र ल्याएको थियो। यसको स्कुटर नेपालमा पनि उपलब्ध छ। कम्पनीले उक्त एक्स्पोमा याडिया ब्रान्डको नेकेड स्पोर्टस 'याडिया भीएफडी' मोडलको इलेक्ट्रिक बाइक प्रदर्शनी गरेको हो।
कम्पनीले यसमा एबीएस तथा सीबीएस दुवै सुरक्षा फिचर दिएको छ ।
यस बाइकमा १० किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। यो मोटरले २८० एनएम टर्क उपत्दान गर्न सक्छ। यो बाइकमा ३२ एम्पीयर आवरको २ लिथियम आयन ब्याट्री प्याक दिएको छ। यसलाई एकपटकको फुल चार्ज गर्दा १४० किलोमिटरसम्म चलाउन सकिन्छ।