सूर्या लाइफले पहिलो त्रैमासमा पौने २१ करोड नाफा गर्‍यो, अरु यस्तो छ वित्तीय अवस्था



बिजमाण्डू
२०७९ कात्तिक २८ गते ११:२४ | Nov 14, 2022


सूर्या लाइफले पहिलो त्रैमासमा पौने २१ करोड नाफा गर्‍यो, अरु यस्तो छ वित्तीय अवस्था


काठमाडौं। सूर्या  लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

Tata
Global Ime

कम्पनीले  चालु आर्थिक वर्षको तीन महिनामा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ८२. ५३  प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब २६ करोड  रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ  आर्जन गरेको थियो। समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क १३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले ३३ करोड ५४ लाख कुल दावी भुक्तानी गरेको छ। कम्पनीले ५३ लाख ६७ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ।

अभिकर्ता कमिशन रकम ११ करोड ८१ लाख रुपैयाँ छ। व्यवस्थापन खर्चमा १ करोड ४८ लाख रुपैयाँ खर्चिएको छ। बीमालेखको धितो राखेर कर्जाबाट ५ करोड ३ लाख रुपैयाँ आय गरेको छ। लगानी कर्जा तथा अन्यबाट २८ करोड ५७ लाख रुपैयाँ कमाएको छ।

त्यस्तै, २ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष भने गत वर्षको भन्दा घटेको छ। समिक्षा अवधिमा जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ संचित छ। गत वर्ष ९७ करोड ७३ लाख रुपैयाँ संचित थियो। कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ९२ करोड रुपैयाँ संचित छ। महा विपत्ती कोषमा १८ करोड १४ लाख रुपैयाँ छ।

 कम्पनीको  वार्षिक प्रति सेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा र प्रति सेयर नेटवर्थ १२६. २२ प्रतिशत छ।