
काठमाडौं। जर्मनको प्रसिद्ध मोटर निर्माता बीएमडब्ल्युले आफ्नो हालसम्मकै उत्पादनमा पावरफुल गाडी भन्दै 'एक्सएम' मोडलको पहिलो लुक सार्वजनिक गरेको छ।
एक्सएम मोडल बीएमडब्ल्युको प्लग-इन हाइब्रिड पावरट्रेनको साथ डिसेम्बरको सुरुमा भारतमा लन्च हुने अपेक्षा गरिएको छ।
यसमा ६५३ हर्सपावरको आउटपुटसँग एक बलियो हाइब्रिड प्रणालीमा भी-८ इन्जिन छ। यो एसयुभीले २५.७ किलोवाट ब्याट्रीको साथ प्लग-इन प्रणाली प्रयोग गरेको छ। त्यसैले केही किलोमिटर यसलाई इभीको रूपमा पनि चलाउन सकिन्छ।
यसको हाइलाइट हाइब्रिड इलेक्ट्रिक बुस्टको साथ नयाँ शून्य कार्बन उत्सर्जन मापदण्डहरूको लागि निर्मित नयाँ भी-८ इन्जिन हो।
यसमा बीएमडब्ल्युको लोगोहरू पछाडिको विन्डस्क्रिनमा इम्बोस गरिएको छ। साथै यो लामो ह्वीलबेसमा बनाइएको छ। यसले भित्री भागमा धेरै ठाउँ उपलब्ध हुन्छ। यो सुपर एसयुभी कम्पनीको क्लार प्लेटफर्ममा आधारित छ। जसमा सबै ठूला बीएमडब्ल्युहरू गाडीहरु निर्माण गरिएका छन्।
कम्पनीका अनुसार त्यस प्लेटफर्ममा आधारित यसका सबै एसयुभीहरू जस्तै यो मोडलमा पेटेन्ट कार्बन कोर टेक्नोलोजी उपलब्ध हुँदैन। प्यासेन्जर सेल कार्बन फाइबर प्रयोग गरेर बनाइन्छ।