टाटा मोटर्स र कमिन्स इंकबीच हाइड्रोजन इन्जिन सवारी उत्पादन सम्झौता, ग्रीन इनर्जीमा सहकार्य



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १०:४८ | Nov 15, 2022


टाटा मोटर्स र कमिन्स इंकबीच हाइड्रोजन इन्जिन सवारी उत्पादन सम्झौता, ग्रीन इनर्जीमा सहकार्य


काठमाडौं। अमेरिकामा सूचीबद्ध कम्पनी कमिन्स इंक र टाटा मोटर्सबीच हाइड्रोजन इन्जिन कमर्सियल सवारीसाधनको विकास गर्न सम्झौता भएको छ।

Tata
Global Ime

टाटा र इंकबीच सोमबार भारतमा कमर्सियल अटोमोबाइलहरूका लागि हाइड्रोजन-संचालित आन्तरिक दहन इन्जिन, इन्धन सेल र ब्याट्री इलेक्ट्रिक वाहन प्रणालीहरू विकास गर्न सम्झौता गरेका हुन्।

टाटा मोटर्स लगायत धेरै अटोमेकरहरू आक्रामक रूपमा आफ्ना सवारीसाधनका लागि ग्रीन इनर्जीतर्फ अग्रसर भइरहेका छन्। हाल उनीहरूले जीवाश्म इन्धनमा आफ्नो निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्। भारतले २०७० सम्ममा नेट-शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार कमिन्सको हाइड्रोजन इन्जिन प्राप्त गर्ने पहिलो बजार भारत हुनेछ। भारतको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी टाटाले सेप्टेम्बरमा देशको पहिलो सब-डलर १० हजार इलेक्ट्रिक कार लन्च गरेको थियो।

कमिन्स इंक एक ग्लोबल पावर समाधान र हाइड्रोजन टेक्नोलोजी प्रदायक हो। कमिन्सको शून्य उत्सर्जन उत्पादन पोर्टफोलियोमा यसको चौथो पुस्ताको हाइड्रोजन इन्धन सेल इन्जिन पनि समावेश छ।

'सस्टेनेबल मोबिलिटी अपरिवर्तनीय छ र टाटा मोटर्स हरित मोबिलिटीका नेताहरूमध्ये एक हुन प्रतिबद्ध छ। हामी हाम्रा प्रत्येक व्यवसायमा यस विश्वव्यापी मेगा ट्रेन्डलाई अगाडि बढाउन निश्चित कदमहरू चालिरहेका छौं,' टाटा सन्सका कार्यकारी अध्यक्ष एन चन्द्रशेखरनले भने।

टाटा मोटर्सको कमिन्ससँग १९९३ देखि टाटा गाडीहरूको लागि कमिन्स मिड-रेन्ज बी सिरिजका डिजेल इन्जिनहरू निर्माण गर्न साझेदारी गर्दै आएको छ।