विकास बैंकहरूले गरे निक्षेपकाे ब्याज दर घटाउने निर्णय, वाणिज्य बैंकहरुले घटाएनन्



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १७:१० | Nov 15, 2022


विकास बैंकहरूले गरे निक्षेपकाे ब्याज दर घटाउने निर्णय, वाणिज्य बैंकहरुले घटाएनन्


काठमाडौं। विकास बैंकहरुले ब्याज दर घटाउने निर्णय गरेका छन्। वाणिज्य बैंकहरुले भने यथावत नै राख्ने निर्णय गरेका छन्। विकास बैंकहरुको छाता संगठनले मंगलबार बैठक डाकेर निक्षेपको ब्याज दर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेका हुन्।

Tata
Global Ime

उनीहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदै गएकाले ब्याज घटाएको जनाएका छन्। अब विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याज १२.८५ प्रतिशत हुने छ। बचतको अधिकतम ९.८५ प्रतिशत हुने छ। 

बाणिज्य बैंकहरुको छाता संगठनले पनि मंगलबार ब्याज बारे निर्णय गर्न बैठक डाकेको थियो। तर ब्याज यथावत राख्ने निर्णय पारित गरेको छ।

उनीहरुको साधारण मुद्दतिको ब्याज १२.१३३ प्रतिशत नै हुने छ। बचतको पनि ९.१३३ प्रतिशत यथावत हुने छ।

निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंकले सांकेतिक रुपमा भएपनि घटाएको हो।