वाणिज्य बैंकहरुले मंसिरको ब्याज यथावत राखे, विकास बैंक र फाइनान्स कम्पनीको घट्यो, कतिमा झर्‍यो?



बिजमाण्डू
२०७९ कात्तिक ३० गते ०८:४७ | Nov 16, 2022


वाणिज्य बैंकहरुले मंसिरको ब्याज यथावत राखे, विकास बैंक र फाइनान्स कम्पनीको घट्यो, कतिमा झर्‍यो?


काठमाडौं। 'क' वर्गका वाणिज्य बैंकहरुले निक्षेपको ब्याज स्थिर राख्दा 'ख' वर्गका विकास बैंक र 'ग' वर्गका फाइनान्स कम्पनीले घटाएका छन्।

Tata
Global Ime

मंसिर १ गतेदेखि लागू हुने ब्याज दर बुधबार सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले साधारण मुद्दतिको ब्याज दर १२.१३३ प्रतिशत यथावत राखेका छन्। 

यता विकास बैंकहरुले १३ प्रतिशतको ब्याज दर ०.१५ प्रतिशतले घटाएर १२.८५ प्रतिशतमा झारेका छन्। फाइनान्स कम्पनीहरुले पनि ०.१५ देखि ०.२० प्रतिशतसम्मले ब्याज घटाएका छन्। तीन महिने मुद्दतिको ०.२० प्रतिशत र त्योभन्दा बढीको ०.१५ प्रतिशतले घटाएका छन्। 

अब एक वर्षे मुद्दतिको ब्याज दर १३.३० प्रतिशत कायम भएको छ। तीन महिनेको १३ प्रतिशत कायम भएको छ।

निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंक र फाइनान्स कम्पनीले सांकेतिक रुपमा भएपनि घटाएका हुन्। वाणिज्य बैंकमा भने बैंकर्स संघका अध्यक्षको हुकुमीशैलीका कारण ब्याज दर यथावत राखिएको छ।