माउन्टेन इनर्जी नेपालले पहिलो लाभांश घोषणा, १०.५३% लाभांश पारित गर्न साभारण सभा डाक्यो



बिजमाण्डू
२०७९ कात्तिक ३० गते ११:४४ | Nov 16, 2022


माउन्टेन इनर्जी नेपालले पहिलो लाभांश घोषणा, १०.५३% लाभांश पारित गर्न साभारण सभा डाक्यो


काठमाडौं। माउन्टेन इनर्जी नेपालले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Tata
Global Ime

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस ८ गते साभारण सभा डाकेको छ। कम्पनीले नगद दिने जनाएको छ।

करसहित कम्पनीले कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश पारित गर्दैछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एकदिनका लागि बुक क्लोज गर्ने जनाएको छ।

जसअनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।