बुद्ध एयरले एटिआर-७२ को सुर्खेतमा गर्‍यो सफल परीक्षण उडान, जनवरीदेखि यसैबाट उडान हुने



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १४:०२ | Nov 16, 2022


बुद्ध एयरले एटिआर-७२ को सुर्खेतमा गर्‍यो सफल परीक्षण उडान, जनवरीदेखि यसैबाट उडान हुने


काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले बुधबार सुर्खेतमा एटिआर-७२ जहाजमार्फत सफल परीक्षण उडान गरेको छ। बिचक्राफ्ट जहाजमार्फत यो गन्तब्यमा नियमित उडान सेवा दिँदै आएको यो कम्पनीले आउँदो सन् २०२३ जनवरीबाटै एटिआर-७२सिरीजको जहाजमार्फत यो गन्तब्यमा नियमित उडान सेवा दिने जनाएको छ।

Tata
Global Ime

यात्रुको माग र भाडादर कम गराउने उद्देश्यले कम्पनीले ठूलो जहाज प्रयोग योजना अगाडि बढाएको जनाएको छ। यो योजनामार्फत नेपालगञ्ज क्षेत्रमा कायम हुँदै आएको भाडादर कम हुनका साथै यात्रु लाभान्वित हुने कम्पनीले दाबी गरेको छ।

कम्पनीका अनुसार आउँदो जनवरीबाट सुर्खेततर्फ एटिआर-७२ मार्फत दैनिक दुईवटा उडान संचालन हुनेछ।

कम्पनीले आफ्नो व्यावसायिक योजनाअनुसार आउँदो डिसेम्बरभित्रै दुईवटा एटिआर-७२ सिरिजको जहाज विस्तार गर्ने जनाएको छ।

हाल यो कम्पनीले विचक्राफ्ट, एटिआर-४२ र एटिआर-७२सिरीजको जहाजमार्फत मुलुकको विभीन्न गन्तब्यमा आन्तरिक र भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान संचालन गर्दै आएको छ।