काठमाडौं। यती एयरलाइन्सअन्तर्गत यती स्काई क्लबले आफ्नो सदस्यलक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। क्लबले बिहीबारबाट लागू हुने गरी आफ्ना सदस्यलाई काठमाडौंका विभिन्न रेष्टुरेन्टमा १०-५० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको हो।
सदस्यले अनलाइन फुड डेलिभरी प्लेटफर्म भोज डिल्समार्फत परिकार अर्डर गर्दा यो छुट पाउने जनाएको छ। कम्पनीका अनुसार काठमाडौंका १५० वटाभन्दा बढी रेष्टुरेन्टबाट खाना अर्डर गर्दा यो छुट लिन सक्नेछन्।
यसका लागि भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्टुरेन्ट बिल भुक्तानी गर्दा यती एयरलाइन्सको स्काई क्लबको कार्ड देखाउनुपर्ने प्रावधान रहेको जनाइएको छ।
कम्पनीले क्लबको सदस्यता लिएका यात्रुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आएको जनाएको छ। फ्रिक्वेन्ट फ्लायर्सलाई थप सुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुविधा सुरु गरेको जनाइएको छ।


