प्रथम त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा ५७% ले घट्यो, बीमा शुल्कमा भने वृद्धि



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १५:२१ | Nov 16, 2022


प्रथम त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा ५७% ले घट्यो, बीमा शुल्कमा भने वृद्धि


काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सको नाफा घटेको छ। कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको नाफा ५७ प्रतिशतले घटेको देखिएको हो । 

Tata
Global Ime

 चालु आर्थिक वर्षको सो अवधिमा कम्पनीले  ५ करोड २५ लाख रुपैयाँ  आर्जन गरेको छ। गत आर्थिक वर्ष १२ करोड २५ लाख रुपैयाँ नाफा  आर्जन गरेको थियो।

त्यस्तै प्रथम त्रैमासमा कम्पनीले १ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ  ।

२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ९३ लाख रुपैयाँ संचिती रहेको छ। जीवन बीमा कोषमा १९ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ८ प्रतिशतले बृद्धि भएको छ। कम्पनीले २३ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

कम्पनीले बीमालेख धितोमा कर्जाबाट ४ करोड ९३ लाख र लगानी कर्जा तथा अन्यबाट ४८ करोड रुपैयाँ  आम्दानी गरेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा र  प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ३० पैसा रहेको छ।