६.६ महिनामा झरिसकेको वस्तु तथा आयात गर्ने क्षमतामा सुधार, बढ्यो विदेशी मुद्राको सञ्चिति



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १५:४८ | Nov 16, 2022


६.६ महिनामा झरिसकेको वस्तु तथा आयात गर्ने क्षमतामा सुधार, बढ्यो विदेशी मुद्राको सञ्चिति


काठमाडौं। विदेशी मुद्राको सञ्चितिमा आएको सुधारसँगै वस्तु आयात गर्नै क्षमता पनि बढेको छ। २०७८ साउनकै अवस्थामा आयात क्षमता पुगेको हो।

Tata
Global Ime

राष्ट्र बैंकले बुधबार देशको आर्थिक सूचकांक सार्वजनिक गर्दै बाह्‍य क्षेत्रमा सुधार भएको जनाएको छ। २०७८ साउनदेखि लगातार विदेशी मुद्राको सञ्चिति घटिरहेको थियो।

राष्ट्र बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो नेपाली रुपैयाँमा हो। यो पैसाले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ।

जबकी यो घटेर ६.६ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा आइपुगेको थियो। यो ६ महिना अगाडिको कुरा हो। यही कारण सरकारले विदेशी मुद्रा जोगाउन सुरुमा १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।

मिति

वस्तु

(आयात क्षमता महिनामा)

वस्तु तथा सेवा (आयात क्षमता महिनामा)

विदेशी मुद्राको सञ्चिति

(रु. अर्बमा)

२०७८ साउन 9.3 8.3 1354.82
२०७८ भदौ 8.6 7.8 1306.95
२०७८ असोज 8.6 7.8 1319.32
२०७८ कात्तिक 7.9 7.2 1244.85
२०७८ मंसिर 7.5 6.8 1214.03
२०७८ पुस 7.2 6.6 1165.8
२०७८ माघ 7.4 6.7 1173.02
२०७९ फागुन 7.4 6.7 1171
२०७८ चैत 7.4 6.6 1167.92
२०७९ बैशाख 7.3 6.6 1146.88
२०७९ जेठ 7.5 6.7 1176.84
२०७९ असार  7.8 6.9 1215.8
२०७९ साउन 9.4 8.0 1197.85
२०७९ भदौ 9.0 7.7 1189.16
२०७९ असोज 9.6 8.3 1246.22

अहिले पनि गाडी, मोटरसाइकल, ३०० डलरमाथिको फोन र मदिरा आयातमा प्रतिबन्ध कायमै छ।