मोबाइल बैंकिङका लागि ‘फास्ट बैंकिङ’ एप सार्वजनिक, ग्लोबल आइएमई बैंकमार्फत संचालनमा



बिजमाण्डू
२०७९ मंसिर १ गते १६:५६ | Nov 17, 2022


काठमाडौं। मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा देखापरेका बिबिध समस्या समाधान गर्दै थप अत्याधुनिक र सुरक्षित सेवाका लागि स्मार्ट च्वाइस टेक्नोलोजिजले ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरेको छ।

Tata
Global Ime

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले उक्त एपको सुरुवात गरे।

राजधानीमा भएको एक कार्यक्रममा राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आइटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागितामा उक्त एपको अनावरण भएको थियो।

स्मार्ट चोइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले एपको बारेमा विस्तृत जानकारी दिएका थिए। उनले बैंक तथा बित्तीय संस्थाले  फास्ट बैंकिङ सेवा लिई डिजिटल बैंकिङलाई थप सुदृढ बनाउन सक्ने बताए।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ  सेवा बिशेष गरि भुक्तानी  तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ सुबिधा लिन अझैपनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै उनलेसो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने भुजुले जानकारी दिए।

फास्ट बैंकिङले बैंकका शाखाहरुमा हुने ग्राहक उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने बताइएको छ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीकाका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङलाई हाल बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा सुरक्षित रहेको बताए।

हाल यो एप ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याईसकिएको बैंकका ट्रान्जेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले जानकारी दिए।