ग्लोबल आइएमई बैंकले हुन्डाइका विद्युतीय सवारी साधन किन्नेलाई सस्तो ब्याजमा ऋण दिने



बिजमाण्डू
२०७९ मंसिर १ गते १६:५८ | Nov 17, 2022


ग्लोबल आइएमई बैंकले हुन्डाइका विद्युतीय सवारी साधन किन्नेलाई सस्तो ब्याजमा ऋण दिने


काठमाडौं। ग्लोबल आइएमई बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने हुन्डाईका विद्युतीय सवारी साधन किन्नेलाई सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने भएको छ। 

Tata
Global Ime

यसका लागि बिहीबार सम्झौता भएको छ। बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक ईन्द्रप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

समझदारी अनुसार,  बैंकले हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ।

आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ।

यो सुविधा बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।