सेञ्चुरी कमर्सियल बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा 



बिजमाण्डू
२०७९ मंसिर २ गते १२:३९ | Nov 18, 2022


सेञ्चुरी कमर्सियल बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा 


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ। 

Tata
Global Ime

नयाँ ठाउँमा सरेको बैंकको शाखाको उद्‍घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीको उपस्थिति थियो। 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।