आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफर, हरेक दिन १ जनाले रु. १ मा टिकट पाउने



बिजमाण्डू
२०७९ मंसिर २ गते १३:४८ | Nov 18, 2022


आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफर, हरेक दिन १ जनाले रु. १ मा टिकट पाउने


काठमाडौं। आइएमई पेले निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ।

Tata
Global Ime

आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने बताइएको छ। यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक पाउने छन्।

निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ। अफर कात्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ।