सानिमा बैंकको लाभांश घट्यो, लाभांश पारित गर्न पुस ३ गते साधारण सभा, बुक क्लोज कहिले ?



बिजमाण्डू
२०७९ मंसिर ४ गते १२:०७ | Nov 20, 2022


सानिमा बैंकको लाभांश घट्यो, लाभांश पारित गर्न पुस ३ गते साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं। सानिमा बैंकको लाभांश दर घटेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि वितरण प्रस्ताव गरेको लाभांश दर अघिल्लो वर्षको तुलनामा घटेको हो। 

Tata
Global Ime

बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत कर प्रयोजनलाई नगद लाभांश वितरण गर्ने भएको छ।

बैंकले २०७७/७८ मा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत कर प्रयोजनका लागि नगद गरी १७.९८ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकको नाफा नै घटेकाले लाभांश वितरण गर्ने क्षमतामा ह्रास आएको छ।   

संचालक समितिको उक्त प्रस्ताव पुस ३ गते हुने १८ ‍‍‍‌औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ। सभा आम्रपाली बैंक्वेट बालुवाटारमा बिहान ११ बजेबाट संचालन हुने बैंकले जनाएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १९ गते बुक क्लोज मिति तोकेको छ। उक्त दिनभन्दा अघिसम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांशको भागिदार बन्ने छन्।