२७ वर्षे सोविताको पहिलो ट्राइमै सांसद : ‘सरकारमा जाने नजानेबारे छलफल गरेर निर्णय गर्छौं’



बिजमाण्डू
२०७९ मंसिर ७ गते १०:५२ | Nov 23, 2022


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले संसदमा इन्ट्री मारेकी छन्। उनले पूर्व सभामुख तथा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती र एमालेका उम्मेदवार मणिराम फुँयाललाई पराजित गरिन्।

Tata
Global Ime

२७ वर्षकी सोविताले पहिलो पटकमै संसदमा डेब्यू गरेकी हुन्। उनले १५ हजार २२९ मत ल्याइन्। पत्रकारिता र कानुनको पृष्ठभूमिबाट आएकी सोविताले एमालेको गढमा जित निकालिन्।

काठमाडौं-१ मा पूर्व पत्रकार तथा राप्रपाका नेता रवीन्द्र मिश्र दुई पटक पराजित भइसके। जितपछि सोबिताले सरकारमा जाने नजानेबारेमा पार्टीमा छलफल गरेर निर्णय हुने बताइन।

‘धेरै सिट प्राप्त गर्छौँ भन्नेमा आशावादी छौं। सरकारमा जाने नजाने भन्नेबारे छलफल गरेर निर्णय गर्छौं,’ उनले भनिन्।

मतदाताको नजिकमा रहेर सदनमा जनताका विषय उठाउने गौतमको भनाइ छ। आफ्ना प्रतिबद्धता पूरा गर्ने वाचा उनले दोहोर्‍याइन्।