हिमालयनमा गाभिन लागेको सिभिल बैंकको सेयर कारोबार फुकुवा, मर्जरका कारण असारबाट थियो रोक्का



बिजमाण्डू
२०७९ मंसिर ७ गते ११:०२ | Nov 23, 2022


हिमालयनमा गाभिन लागेको सिभिल बैंकको सेयर कारोबार फुकुवा, मर्जरका कारण असारबाट थियो रोक्का


काठमाडौं। मर्जरका कारण रोकिएको सिभिल बैंकको सेयर कारोबार पुनः सुरु भएको छ।

Tata
Global Ime

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सिभिलको सेयर कारोबार रोक्का थियो। सिभिलको सेयर कारोबार चार महिनादेखि रोक्का थियो।

गत असार २९ गते हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८१ स्वाप रेसियोमा गाभिने सम्झौता भएको थियो।

सो सम्झौतापछि असार ३० गतेबाट रोक्का रहेको बैंकको कारोबार आजबाट खुलेको हो। आज यस बैंकको पहिलो कारोबार प्रतिकित्ता २१७ मा खुलेको हो।

मर्जरपछि बन्ने एकीकृत बैंकको नाम हिमालयन बैंक नै रहने छ। साथै हिमालयनको सञ्चालक व्यवस्थापकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने जनाइएको छ।