गुल्मीबाट चौथोपटक एमालेका सचिव गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित



बिजमाण्डू
२०७९ मंसिर ७ गते १३:२९ | Nov 23, 2022


गुल्मीबाट चौथोपटक एमालेका सचिव गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित


बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी-२ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन्।

Tata
Global Ime

विष्टले २८ हजार ४७६ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन्।

गुल्मीबाट विष्ट चौथो पटक निर्वाचित भएका हुन्। २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए।

को हुन् विष्ट?

गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बनेका थिए।

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए। हाल उनी एमाले सचिव छन्।

कानुन र व्यवस्थापनमा स्नातक विष्ट एमाले सरकारमा छँदा विगतमा दुईपटक मन्त्री भएका थिए। उनी ऊर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका हुन्।