टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा ‘इन्ट्री’: पूर्व आइजी पराजित,भीमसेनदास बने तेस्रो



बिजमाण्डू
२०७९ मंसिर ७ गते १६:२२ | Nov 23, 2022


टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा ‘इन्ट्री’: पूर्व आइजी पराजित,भीमसेनदास बने तेस्रो


काठमाडौं। काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्।

Tata
Global Ime

पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान र पूर्व आइजीसमेत रहेका एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिरले संसदको यात्रा तय गरेका हुन्।

शिशिरले १४ हजार २ सय ४ मत पाउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत पाए। कांग्रेस उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत पाए।
योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ।

टिच फर नेपालका सहसंस्थापक शिशिर अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।