(2).jpg)
काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। योग्य आवेदक मध्ये ५ लाख १५ हजार ७८८ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पारेका छन्।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा बुधबार साँझ आईपीओ बाँडफाँट भएको हो। कम्पनीको आईपीओ १२ लाख २७ हजार ५९ जना योग्य आवेदकबाट एक करोड ३७ लाख ८५ हजार २२० कित्ता सेयरको लागि आवेदन परेको थियो।
आवेदन दिएका ३ हजार ५४६ जनाको आवेदन रद्द भएको छ। कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो।
कम्पनीले ५६ लाख ६ हजार ३८० कित्ता साधारण सेयर जारी गरेको हो। यो आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी ८ लाख ८ हजार ३९० कित्ता सहितको हो।
जसमा कुल निष्कासनको ३ प्रतिशत हुने १ लाख ६८ हजार १९० कित्ता कर्मचारी र ५ प्रतिशत हुने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
त्यसपछि बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।


