सुदूरपश्चिममा कांग्रेसले थप्यो दुई सिटः कञ्चनपुर ३ मा लेखक र दार्चुलामा बडु विजयी



बिजमाण्डू
२०७९ मंसिर ७ गते २१:४५ | Nov 23, 2022


सुदूरपश्चिममा कांग्रेसले थप्यो दुई सिटः कञ्चनपुर ३ मा लेखक र दार्चुलामा बडु विजयी


कैलाली। प्रतिनिधि सभातर्फ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक फराकिलो मतान्तरको जित निकाल्न सफल भएका छन्। लेखकले नेकपा (एमाले) की निरुदेवी पाललाई १२ हजार ३९ मतान्तरको जित निकालेका हुन्।

Tata
Global Ime

लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मत पाइन्।

तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २८ मत ल्याए। लेखक २०७४ को निर्वाचनमा सोही क्षेत्रमा एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतले पराजित बन्न पुगेका थिए।

यस्तै कांग्रेसकै दिलेन्द्र बडु पनि दार्चुलाबाट निर्वाचित भएका छन्। २ हजार १३४ मतान्तरसहित बडु निर्वाचित भएका हुन्।

बडुले २८ हजार ५१५ मत पाउँदा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३८१ मत पाएका छन्।

ठगुन्ना यसअघि दार्चुलाबाट निर्वाचित सांसद हुन्।