रौतहट ३ को प्रदेश क मा प्रभु साह प्यानलका चौधरी निर्वाचित, एमाले-जसपा गठबन्धन पराजित



बिजमाण्डू
२०७९ मंसिर ८ गते ०९:५२ | Nov 24, 2022


रौतहट ३ को प्रदेश क मा प्रभु साह प्यानलका चौधरी निर्वाचित, एमाले-जसपा गठबन्धन पराजित


गौर। रौतहट क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

Tata
Global Ime

प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन्।

यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजाले १० हजार १३२ मत पाइन्। मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७ हजार ६२२ मतका साथ तेस्रो भएका छन्।

४४ वर्षीय चौधरी ईन्जिनियर हुन्। उनी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए।

नेकपा एमालेले जसपासँग गठबन्धन गरेपछि तत्कालीन स्थायी कमिटी सदस्यले एमालेको टिकट छाडेर स्वतन्त्र सांसद उम्मेदवारी दिएपछि चौधरीले पनि साहलाई साथ दिदै स्वतन्त्र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए।