प्रचण्ड १३ हजार मतबढी ल्याएर गोरखाबाट विजयी, राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटी पराजित



बिजमाण्डू
२०७९ मंसिर ८ गते १०:३८ | Nov 24, 2022


प्रचण्ड १३ हजार मतबढी ल्याएर गोरखाबाट विजयी, राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटी पराजित


गोरखा। गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन्। 

Tata
Global Ime

आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन्।

दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो भएका छन्। उनलेले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।

गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो। अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा पुगेका थिए। यसअघि गोरखाको क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई लड्दै आएका थिए।