नेपाल लाइफको नगद लाभांस साधारणसभाबाट पारित, सेयरधनीले १५.७९ प्रतिशत नगद पाउने



बिजमाण्डू
२०७९ मंसिर ८ गते ११:०४ | Nov 24, 2022


नेपाल लाइफको नगद लाभांस साधारणसभाबाट पारित, सेयरधनीले १५.७९ प्रतिशत नगद पाउने


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाले कम्पनीले प्रस्ताव गरेको नगद लाभांश स्वीकृत गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७९ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश प्रस्ताव गरेको थियो। 

Tata
Global Ime

 कम्पनीको विहीबारको वार्षिक साधारण सभाले सो प्रस्ताव स्वीकृत गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्न लागेको हो।

अघिल्लो वर्ष कम्पनीले १४ प्रतिशत बोनर सेयर र कर प्रयोजनार्थ  ०.७३ प्रतिशत गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो। जसमा कार्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउने  छन्।