दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी



बिजमाण्डू
२०७९ मंसिर ८ गते ११:०६ | Nov 24, 2022


दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी


बुटवल। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्।

Tata
Global Ime

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ।

पराजित पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्। २०७० को निर्वाचनमा दाङबाट पराजित भएका उनी २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सांसदमा विजयी भएका थिए।